मुक्तिका लागि २००७ सालदेखि विभिन्न मोर्चाबन्दी सडक संघर्ष देखी जनयुद्ध जन आन्दोलन हुँदै संघीय गणतन्त्र सम्म हजारौं हजार महान योद्धा हरुको रगत बगेको छ पसिना बगेको छ आशु बगेको छ दर्जनौं घरपरिवार अहिले पनि आफ्नो बेपत्ता परिवारको सम्झनामा शोकाकुल छन । लाखौं लाख युवा युवती बेरोजगार भएर परिवारको सानो खुसीको लागि खाडीको तातो मरुभूमिमा चिसो बालुवा चाल्दै छन ।

दैनिक एक पछि अर्को बिदेशी भूमिबाट अन्तर्राष्ट्रिय एरपोट्मा लासहरुको राश लागेको छ । देशकै राजधानी मानिने काठमाडौंको शहरमा दिउसै हत्याहिंसा मानव बेचबिखन लुटपाट ठगी धन्दा चल्छ लोकतन्त्रको नाममा सत्ताको पहुँचमा पुगेका ठुला नेता भनिने बिदेशी दलाल र एउटा घरमा भएको बफादार कुकुर जस्तै तिनका बफादार कार्यकर्ताहरुलेनै लुटतन्त्र मचाइ रहेका छन ।

नेपालको कुनै पनि सरकारी स्कुलमा गुणस्तरीय शिक्षा छैन। नेपालको कुनै पनि सरकारी हस्पिटल र स्वास्थ्य चौकीमा न आवश्यक औसधि छ न भरपर्दो दक्ष जनशक्ति र स्वस्थ्य कर्मिहरुनै छन? न सरकारी कार्यलयहरुमा इमान्दार कर्मचारी छन? छन् त केवल कर्मचारीको नाममा घुसखोरीहरु छन स्वस्थ्य कर्मिको नाममा मेडिकल माफिया हरु छन।

सरकारी बिधालय हरुमा सरकारी तलब र भत्ता खाएर आफ्ना छोराछोरी प्राय महगो प्राइभेट स्कुल लगाएर गरिवका छोराछोरीहरुलाई अलमल्याइ रहेका छन। ती बिधालयहरुको ब्यवस्थापन समिती अध्यक्ष सदस्य ठुलो शहर महगा प्राइभेट स्कुल पढ्ने छोराछोरीकानै बाबु आमा हरु छन ।

सबैले धकेल्दा धकेलिने गरिबको एक ठेला छ।
राजनीति राजकाजमा भुस्याहा कुकुरको मेला छ।

एउटै कुरा कसैले संबैधानिक कसैले असंवैधानिक
थुक फिल्डमा हेर्दा पनि दुरुस्तै अनुहारको चेला छ।

माथिको हिमाल पहाड तलको तराई काहिँ देखिन
सधैं मिठा भासण उपलब्धि कुन समय कुन बेला छ।

पुराना राजाले देखे न अहिलेका महाराजाले देखे
दुर्भाग्य गरिखाने वर्ग जन्मे देखि मर्दा सम्म हेला छ।

विकास प्रेमी भन्ने हरु पाँच बर्ष कहाँ हराए हराए
चुनाव आएर होला गाउँमा तिनै मुखियाको भेला छ।

सिंहदरबार गाउँ गाउँमा छ तर त्यो सिंहदरबार सगै प्रायः श्रमजीवी श्रमिकको रगत र पसिना चुसेर डम्म परेको मानव रुपि दानव सिंह भएर जनप्रतिनिधिको रुपमा जन्म पाएका छन। दुधको साची बिरालो भने जस्तै लुट्न जानेका ढाट्न जानेका बिकासको नाममा सिलन्यास र उद्घाटनको नाममा रागा खसी बोका काट्न जानेका सरकारी बजेट कहाँ कहाँ के कति कुन कुन शीर्षकमा निकासा गरि खल्तीमा हाल्न सकिन्छ? भनेर अगाडि देखिनै राम्रो ज्ञान र सीप भएका व्यक्तिहरु छन ।

तिनीहरु लाई थाहा छैन चुइने छानो भित्रको बास कस्तो हुन्छ तिनीहरु लाई थाहा छैन बिहानको छाक खाए बेलुका के खाने बेलुका खाए बिहान के खाने चिन्ता गर्ने परिवार को भान्सा कस्तो हुन्छ तिनिहरु लाई थाहा छैन दिनभरि साहुको मेलापात गरेर बिहान बेलुका छाक टार्नेको वास्तविक कथा तिनीहरु लाई थाहा छैन । आफ्नो परिवार र सन्तानको भबिस्य निश्चित गर्नको लागि अर्काको देशमा गएर चौध घण्टा अठार घण्टा अत्याधुनिक मेसिनमा रोबर्ट जसरी काम गरेर पसिना खल खल बगाउनेको वास्तविक कथा त्यसैले यी सबै वेर्थै लाग्छ जो गरि खाने वर्ग को लागि यी सबै तन्त्र किमार्थ छन् ।

मलाई लाग्छ जबसम्म मजदुर किसान वर्गको सम्मान हुदैन तबसम्म हाम्रो देश बिकाश हुनै सक्दैन त्यस्तै अस्थिर राजनीति स्थिरता तर्फ जादैन तबसम्म बिदेशीको अखाडा नेपाल बनी रहेको छ। बनिरहने छ । देश भाषण र नारामा मात्र समृद्धि कायम रहेने छ। गणतन्त्र , मौलिक स्वतन्त्रता , धर्म निरपेक्षता , समानता , सार्वभौमसत्ता जनतामा निहित यि सबै कुराको नितिमा मात्र सिमित छ।

यसलाई रक्षा गर्न हिजो विभिन्न कालखण्डमा भएका घटनाको सम्मान गर्दै सबै उपलब्धि लाई संस्थागत गरेर कार्यनयन तर्फ लैजानू पर्छ। देशमा कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचन हुनपर्छ। अस्वभाविक तवरबाट राज्यको सम्पत्तिमा गिद्दे नजर राख्ने समाजमा जघन्य अपराध गर्ने सबैलाई संविधानको संबंधित धारा उपधारा परिमार्जन गरि त्यस्ता ब्यक्तिलाई फासी दिन पर्छ यसले अपराध न्यूनीकरण हुनुका सातै राज्यको करोडौं पैसा संचितिमा टेवा पुग्छ।

देशै भरिको सडक यातायात हवाई यातायात सबै राज्यको स्वामित्वमा हुनु पर्छ । आधुनिक शिक्षा , स्वस्थ्य र रोजगारीको सरकारले ग्यारेन्टी गर्नु पर्छ । देशमा सबैखाले सिन्डिकेट पुर्ण रुपमा अन्त्य गरि सबै क्षेत्र राज्यले आफ्नो स्वामित्वमा लिन पर्छ। यसको लागि अहिलेकै पुराना राजा राजकुमार को झुठो खाएर हुर्केकाहरुबाट बिल्कुलै सम्भावना छैन । त्यसैले अहिले का शासन सत्ताको नजीक रहेका हरुले आफू अनुकुल समान गणतन्त्रमा असमान निति बनाएका छन र हिजो एक सकली राजाले गरेको सकली शासन अहिले २०८१ जेठ १५ गते यो समय सम्म पनि ठ्याक्कै त्यस्तै हजारौं नकली राजाहरुले नकली शासन गरिरहेका छन ।

समाजवाद उन्मुख नेपालको संविधानले परिकल्पना गरेको भन्दा ठ्याक्कै उल्टो दिशामा देश अगाडि बढिरहेको छ । देशमा पुराना सामन्तवादका केही अवशेष हरुले गणतन्त्र , संघीयता राज्यको सबै अंगमा समानुपातिक समावेशी जस्ता धेरै लामो समय नेपाली जनताको संघर्ष पछिको उपलब्धि लाई गलत ब्याख्या गर्न खोजिएको छ। यसले अहिले तत्काल नभए पनि कालान्तरमा यसले हानी पुर्याउछ ।

त्यसैले यस्ता अवशेष हरुलाइ बेलैमा निमिट्यान्न पार्नु बुद्धिमान हुनेछ । देशभर शान्तिको आभास गर्नु राज्यको दायित्व र जिम्मेवार हो । यसको लागि सबैभन्दा पहिला भारत सगको खुल्ला नाका बन्द गर्नु अति आवश्यक छ। त्यसैले सिमानामा काडेतार लगाउनु पर्छ देश भित्रको अपराध नियन्त्रण गर्न राज्यको सम्बन्धित निकायले मापदण्ड बनाइनु पर्छ । मापदण्ड अनुसार सबैखाले अपराध न्यूनीकरण गर्नुका साथै नेपालीको संविधानले परिकल्पना गरेको समाजवादको यात्रामा देशलाई अगाडि बढाउन धेरैनै ढिला भईसकेकोले सबै नेपाली आआफ्नो ठाउँबाट जति सक्दो चाडो जुरमुराउनु पर्छ।

अन्त्यमा गणतन्त्र र समाजवाद उन्मुख नेपालको संविधान कार्यनयनमा भएका कमि कमजोरी सच्याएर देशलाई आर्थिक उन्नति प्रगतिको दिशामा लैजान देशमा भएका तमाम परिवर्तनकामी शक्तिहरु एक भएर अगाडि बढ्ने बाताबरण छिटै सिर्जना होस्। गणतन्त्र प्राप्तिका खातिर रगतपसिना बगाउने नेपाली आमाका होनहार योद्धा प्रति राज्यबाट उचित सम्मान भएको महसुल गर्न पाइयोस् । सम्पुर्ण महान सहिद हरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मेरो तर्फबाट सम्पूर्ण नेपालीमनहरुलाई १७ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

 

लेखक : अर्जुन अनुरागी भुइँ मान्छे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय