काठमाडौं / एसीसी प्रिमियर कपमा नेपालले मलेसिया विरुद्ध  विजयी सुरुवात गरेको छ।
पहिले ब्याटिङ  गरेको मलेसियाले ३ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। मलेसियाका लागि विरनदीप सिंहले नटआउट ५७ बलमा ७२ रन, शर्विन मुनिन्दीले ३३ बलको सामना गर्दै ४४ रन  र मोहम्मद अमिरले १८ बल खेल्दै १६ रन जोडेका थिए। बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट हात पारेका थिए ।

साबिक विजेता नेपाल मलेसियाविरुद्ध  जित संगै लिगको सुखद सुरुवात गरेको हो   प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय