मोरङ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुष ६ गते शुक्रबार मोरङ्गको मिक्लाजुङमा आउने कार्यक्रम रहेको छ। आयोजकका अनुसार नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान अन्तरगत प्रधानमन्त्री प्रचण्ड मोरङको मिक्लाजुङ गाउँपालिकामा आउने भएका हुन । माओवादी केन्द्रको मिक्लाजुङ गाउँपालिका कमिटीको आयोजना इलाम जिल्लाको सीमा क्षेत्र मिक्लाजुङको वडा नम्बर ५ मा तीन महिने रुपान्तरण अभियान अन्तरगत आउने कार्यक्रम तय भएको हो ।

अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटै प्रदेशका ७ वटा वडामा जाने पुर्ब निर्धारित योजना अनुसार कोशी प्रदेश अन्तरगत मिक्लाजुङ गाउँपालिका आउने भएको नेकपा माओवादी केन्द्रका इलाम इञ्चार्ज कुल प्रसाद साम्बा (कुसल)ले बताए ।

मिक्लाजुङमा प्रचण्डले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम रहेको छ। जनतासँग मओवादी बिशेष रुपान्तरण अभियान घर घरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ हुने कार्यक्रममा आमसभा आयोजना गरिएको छ । आमसभामा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय