रबिन्द्र बराल/ मोरङ
माेरङकाे रंगेली नगरपालिका ८ स्थित फर्सडागी चाेकमा  बर्षाेदेखी बसाेवास गर्दे आईरहेका लाल बहादुर चाैधरी ले आफ्नो १६ बर्षका छाेरा बचाई दिनका लागि  नेपाली दाजु भाइ हरु संग हारगुहार गरिरहेका छन । उनकाे १६ बर्षका छाेरा राकेश चाैधरी बिगत १६ बर्ष देखि मुटुमा प्वाल परेर बिरामी भए पछि ओछ्यानमा छटपटाई रहेका छन । ४ बर्षकाे उमेर देखि शरिरमा घाउको चाेट लिएर बाँच्न बाध्य भएका छन । २०७३ सालमा सामान्य स्वासप्रस्वास मा समस्या हुन थालेपछि गाउँ घरमा केही दिन उपचार गराए ओैषधि समेत सेवन गर तर कुनै शरिरमा परिवर्तन नभए पछि  उनले २०७३ सालमा काठमाडौ स्थित शहिद गागांलाल हृदयाघात अस्पताल मा उपचारका लागि पुर्याए र  त्यहाँका  डाक्टर हरु काे सल्लाह  अनुसार छाेराकाे भिडियो एक्सरे गरेपछि छाेराकाे मुटुमा प्वाल परेको रिपोर्ट आएपछि उनी छाङ बाट झरेझै भएकाे उनलेे बताए ।  उनले छाेरा काे उपचारका लागि घरमा पालिरहेको  गाई,बाख्र र श्रीमती चन्दा देवि ले खाईनखाई गरेर जाेडेकाे केही सुन र चाँदीको गरगहना  समेत बेचबिखन गरे छाेरा काे उपचार मा खर्च गरे तरपनि राेग निकाे हुन  नसकेको बुवा लाल बहादुर ले बताए ।  बिगत १२ बर्षकाे अबिधमा छाेरा काे राेग निकाे हुन्छ कि भनेर दाजु, भाइ र आफ्नत हरु संग सर सापटी गरेर  १५  लाख रुपयाँ सम्म खर्च भई सकेको भएता पनि  राेग भने  निकाे  नभए र अहिले छटपटाई रहेका छन । छाेरा काे राेग निकाे नभए पनि अहिले घरकाे आर्थिक अवस्था दयनिय बन्दै गएपछि उनी हरु ले नगरपालिका मा समेत जानकारी गराए पछि नगरले पनि एक पल्टकाे लागि  ५ हजार रुपैयाँ सहयोग गर्याे तर अहिले ओैषधी समेत खुवानका लागि रकम नभए पछि गाउँ घरमा समेत सहयोग गरेर छाेरा लाई वचाई रहेको छु ।  अब चन्दा माग गर्ने कुनै ठाउँ छैन आफू संग भएको सबै सक्याे अब कसरी छाेरा लाई दवाई किनेर खुवाउनु भन्दै  देश बिदेशमा रहेका नेपाली दाजुभाइ हरु लाई छाेरा लाई बचाई दिन समेत आग्रह गरिरहेका छन । अहिले छाेरा काे मासिक रुपमा चेक जाँच र ओैषधी काे लागि १० हजार रुपैयाँ सम्म लाग्ने गरेको परिवार ले बताए । कक्षा ५ काे पढाइ गरिरहेको बेला देखि उनी बिरामी भए पछि उनले आफ्नो अध्यन लाई समेत अगाडि बडाउन सकेनन्।  नत पढाइ न अगाडि बडाउन सके नत बिरामी नै निकाे भयाे । अहिले ओछ्यानमा रातदिन छटपटाउन बाहेक उनी संगै केही उपाय छैन । सहयोग गर्ने मनकारी ले  रंगेली शाखा कार्यलय काे  लुम्बिनी  बैक खाताकाे  लाल वहादुर चाैधरी  काे नाम मा रहेको
022130204060000001 नम्बर मा सहयोगी मन हरु ले सहयोग गरिदिनु हुन बिनम्र अनुराेध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय