काठमाडौं । संविधान सभा सदस्य तथा एमाले नेतृ शान्तिदेवी हरिजनसहित कपिलवस्तुका एमालेका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

शान्तिदेवी हरिजन २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सभासद् थिइन् । हरिजनसँगै एमाले लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय