काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार नालायक र अयोग्य भएकाले जसरी भए पनि हटाउनुपर्ने बताएका छन् ।

‘यो सरकार यति नालायक र अयोग्य छ कि प्रधानमन्त्रीले आफैँ राजीनामा दिनुपर्ने हो’, आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि गर्दै ओलीले भने, ‘तपाईँहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ ? तपाईँ/हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो ।’

उनले नौ महिनामा प्रचण्डले सिन्को भाँच्न नसकेकोको आरोप पनि लगाए । सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाउँदै ओलीले भने, ‘यति नालायक सरकार जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार । ब्रेकशु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन ।’ singhdurbar news 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय