काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलिय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) का नेताहरु अनुपस्थित भएका छन् ।

संसदको गतिरोध अन्त्य र समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि राष्ट्रपति पौडेलले आज बिहान शितल निवासमा सर्वदलिय बैठक बोलाएका थिए ।

बैठकमा अन्य दलका नेताहरु उपस्थित भएपनि एमालेका नेता भने अनुपस्थित भएका छन् । सुन प्रकरणको छानबीनका लागि एमालेले संसद अवरोध गरेपछि राष्ट्रपतिले संसदको अवरोध अन्त्यका लागि पहल गरेका हुन् ।

पौडेलले यस अघि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय