लेटाङ- नेकपा माओवादी केन्द्र सम्बद्ध युवा संगठन वाइसीएलको तेस्रो अधिबेशन सम्पन्न भएको छ। जमिन मंग्रातिको अध्यक्षतामा १९ सदस्यीय वाईसीएल नगर कमिटीको पुनर्गठन गरेको हो। यो युवाहरूको संगठन पार्टीको मेरु दण्ड मानिन्छ। यो संगठन पार्टीको सहयोगी भुमिकामा सक्रिय रहन्छ।
प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका सह ईन्चार्ज प्रेम मिभक र लेटाङ्ग नगरकमिटी ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य कृष्ण लम्सालको विशिष्ट आथित्यता र वाईसीएल नेपाल १ नम्बर प्रदेश सचीव तथा पार्टी प्रदेश कमिटीका सदस्य खगेन्द्र सुबेदी( भीषण) को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।
नेकपा माओवादी केन्द्र लेटाङ्ग नगर कमिटीको कार्यालयमा सम्पन्न वाईसीएलको तेस्रो नगर अधिबेशनमा वाईसीएल मोरङ्ग जिल्ला ईन्चार्ज दीपक आलेको उपस्तिथि रहेको थियो। कार्यक्रमलाई विशिष्ट अथिती मिभक, नगर पार्टी ईन्चार्ज लम्साल, वाइसीएल प्रदेश नम्बर १ का सचिब भीषण र नगर पार्टी अध्यक्ष बिनोद नेपालले सम्बोधन गरेका थिए। भने उक्त कार्यक्रम नगर पार्टी सचिब भवानी लिम्बुले संचालन गरेका थिए।
नव निर्वाचित कमिटीको नामावली निम्नलिखित रहेको छ।
१.अध्यक्ष- जमिन मंग्रती
२.उपाध्यक्ष- लक्षमण राई
३.सचिब- देबेन्द्र वानेम लिम्बू
४.सिमन लम्साल, बिजय तिवारी
५.महिला कोषाध्यक्ष- लक्ष्मी लिम्बू
सदस्यहरु:
सुमन भट्टराई
डिल्ली राम कट्वाल
पुर्ण बराईली
नारायण मगर
शिशिर लिम्बू
धिरज हाङ लिम्बू
कमल मगर
राजेन्द्र लिम्बू
रोशन राई
राजन राई
बिमल लिम्बू
खगेन्द्र लिम्बू
बिष्णु आले मगर
रीता बि.क
मान बहादुर लोकान्द्री











