गैर आवासीय नेपाली संघ मलेसिया २०२३-२५ कार्यसमितिका लागि चुनावी माहोलमा होमिए सङै विभिन्न पदमा दाबी पेस गर्नेहरुको घुइँचो छ। बिगतमा आफुले नेतृत्व गर्दा भएका सुधारका काम र सामाजिक कामको मुल्यांकनको आधारमा यतीबेला उम्मेदवारहरु चुनाबी दौडधुपमा रहेका छन। चुनावी अभियानकै पुर्बसन्ध्यामा महासचिवका प्रत्याशि कृष्ण प्रसाद नेपाल पनि महासचिवका दरिलो दाबेदारको रुपमा रहेका छन। संघको सदस्य हुदै सन २०२१-२३ कार्यसमितिका कोषाध्यक्ष नेपालको चाहना यो पटक महासचिव बनेर पुनः एकपटक नेपाली श्रमिकको सारथि बन्ने चाहाना राख्दछ्न। सोही अनुरुप तयारीमा समेत जुटेका छन।

मलेसियामा एक दशक लामो आफैं मजदुर भएर काम गरेका कृष्ण प्रसाद नेपाल मलेसियाबारे राम्रै ज्ञान राख्छन। सामन्य मजदुर हुँदै हाल मलेससियाको जोहोर राज्यमा व्यवसाय गरिरहेका नेपाल गैर आवासीय नेपाली संघ मलेसिया २०२१-२३ कार्यसमितिका कोषअध्यक्ष हुन्।

कोरोना महामारीमा उनले गरेको कामलाई मलेससिया मात्र हाेइन उनलाई चिन्ने सबैले प्रसंसा गर्छन। कोरोना महामारीमा कोही पनि बाहिर निस्कने अवस्था थिएन तर कृष्ण भने आफ्नो ज्यानको बाजी राख्दै आवश्यक सामाग्री बोकेर नेपाली कामदारको क्याम्प धाउनमै व्यस्त थिए।

त्यसो त उनी सरल मिजासिलो स्वभाबका छन। आफू ब्यावसायी भएर पनि कसैसङ मालिक र कामदारको ब्याबहार गर्दैनन, आफू भन्दा ठुला लाई आदार र साना लाई माया गर्नुपर्छ भन्ने उनको बिसेस्तानै उनको बास्तबिक परिचय हो। सामाजिक काम भनेपछि मरिहत्ते गर्ने उनी नेपाली श्रमिकलाई भइपरी आउदा समस्या समाधानका लागी सबैभन्दा अघि आफै पुग्छन।

एनआरएनको नेतृत्वमा आफू रहदा नेपाली श्रमीकको सेवा गर्न पाउँदा आफूलाई निकै आनन्द आएको कृष्ण बताउँछन्। ‘म पनि हिजो श्रमिक नै थिएँ, श्रमिकको पीडा कस्तो हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छु। म जस्तो अरुले दु:ख नपाओस् र त्यसरी दु:खमा परेकालाई मद्दत गर्न मन लागेर यो संस्थासँग जोडिएको हुँ,’ कृष्णले भने।

एनआरएनए अन्तर्गतनै कृष्ण कोरोना कालमा धेरै नेपालीको साहरा बने। भोकालाई क्याम्पमै गएर खाना दिए, औषधि नपाएर छटपटाएकालाई औषधि लगिदिए, नेपाल आउन खोज्नेलाई नेपाल पठाउन मद्दत गरे। त्यसैले पनि कृष्णको योगदानलाई एनआरएनए मलेसियाले उच्चस्थानमा राखेको छ।

‘कोरोना कालमा खान नपाएकालाई खान दिने, भ्याक्सिन नपाएका नेपालीलाई भ्याक्सिन लगाएर नेपाल पठाउने, जेल जीवन बितारहेका नेपालीहरुलाई जेलबाट निकाल्ने र नेपाल पठाउने लगायका विभिन्न समाज सेवा गरिरहेको छु,’ कृष्णले भने।

‘मलेसियामा काम नपाएर बिचल्लीमा परेका श्रमिक नेपालीलाई सक्ने सहयोग गरेका छौँ। हाम्रो मुख्य काम भनेको समस्यामा रहेका नेपालीको सेवा नै हो, हामी त्यहीअनुसार अघि बढिरहेका छौं। “उनले भने”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय