
मलेसिया- नेकपा एमालेको मलेसियास्थित भातृ संगठन प्रवासी नेपाली मंञ्च मलेसिया केन्द्रिय कार्यसमितिको दोस्रो अधिवेशन कार्यक्रमको तयारी तिव्र रुपमा थालिएको छ ।
आईतवार बसेको कार्यसमितिको बैठकले बर्तमान अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा दोस्रो अधिवेशन कार्यक्रम यहीँ जुन २५ तारिख आईतवारको दिन मलेसियाको होटल ग्रेण्ड कन्टिनेण्टलमा सभ्य र भव्य मनाउने तयारी थालिएको महासचिव दयाराम कुमालले जानकारी दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत लाखौंलाख नेपाली श्रमिकहरु , म्यानपावर ब्यवसायी , रेष्टुरेन्ट ब्यावसायी , ब्यापारी लगायतको क्षेत्रमा कार्यरत नेपालीहरुमध्य नेकपा एमाले पार्टीप्रति र राजनीतिमा झुकाव राख्ने आस्थावान नेपालीहरु एकजुट गराउदै राजेन्द्र प्रकाश भण्डारीको नेतृत्वमा सन् २०१४ मा संगठित भएका थिए।
दोस्रो अधिवेशन कार्यक्रममा नेपाल लगायत विश्वको कैयौं देशहरुबाट नेकपा एमालेको वरिष्ठ नेताहरूको उपस्थिति रहने महासचिव कुमालले बताउनुभयो । कुमालका अनुसार नेपालको केन्द्रिय समितिबाट कुनै एकजना वरिष्ठ नेतालाई प्रमुख अतिथिको रुपमा उपस्थित हुन पत्राचार गरि निमन्त्रणा गरिएको छ।
एशिया , युरोप महादेश लगायत मलेसियाको नेपाली राजदूतावास, सामाजिक संघसंस्था , राजनीतिक संघसंस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरि नेपाली श्रमिकहरुको पनि उल्लेख्य उपस्थितिमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।