-डम्बर बिश्वकर्मा
लेटाङ्ग- सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघको अध्यक्षमा आनन्द सागर तिंसिना पुन: दोश्रो कार्यकालको लागि चयन हुनुभएको छ । यहि चैत्र २२ गते सम्पन्न महासंघको दोश्रो अधिवेशन सभाले तिंसिनालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । २५ सदस्यीय समिति मध्ये सभाले अध्यक्ष लगायत समितिका १८ जना पदाधिकारी समेत सर्वसम्मतिले चयन गरेको छ ।

सभाले सहमतिय विधिबाट चयन गरेको समितिका अन्य पदाधिकारीहरुमा क्रमशः उपाध्यक्षमा सुवर्ण लावती र मञ्जु खतिवडा , सचिवमा नैनकला दंगाल ढुङ्गेल, सह-सचिवमा टेकनाथ निरौला र कोषाध्यक्षमा विमला हुमगाईं रहेकाछन् । यसैगरी सहमतिमा चयन भएका महासंघ समितिका सदस्हरुमा सुजता राई , मनिस सुर्यमगर , सविता लिम्बू , समिता नेपाली , भुमिका मगर , खड्गबहादुर मगर , रामकुमार ग्यावा , प्रेमकुमारी विशंखे , प्रेम कुमार लिम्बू , निर्मल थापा मगर रहेकाछन् । साथै अन्य सदस्यहरुमा कुमार चेम्जोङ, सुमित्रा देवि कार्की थापा र मदन मगर रहेकाछन् ।

समितिमा चयन हुन बाँकी अन्य सदस्हरुको भने समितिको बैठकबाट चयन गरिने जनाईएको छ । उक्त सभाले जिल्ला महासंघ र प्रदेश महासंघका लागि प्रतिनिधित्व गर्ने आठ- आठ जना प्रतिनिधि समेत चयन गरेको छ । नवगठित लेटाङ्ग नगर महासंघका अध्यक्ष तिंसिना २०७४ को राज्य पुनसंरचना पछि बेलचौरी , लेटाङ्ग र जाँते रेपोको एकिकरण पश्चात् गठित महासंघको स्थापना देखिनै लगातार अध्यक्षमा चयन भएका हुन् ।

जनसेवा सामुदायिक वन लेटाङ्ग चारको सभाहलमा सम्पन्न सभाले सामुदायिक वनको स्थापनामा अतुलनीय योगदान दाताहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मान पाउनेहरुमा विराटनगर निवासी वरिष्ठ पत्रकार एवं सिटिकलेज विराटनगरका प्राध्यापक यज्ञ शर्मा र मानवअधिकार तथा वातावरण मञ्च (फरेन) का सचिव खिलनाथ निरौला रहेकाछन् । साथै उक्त अवसरमा सामुदायिक वनको क्षेत्रमा उदाहरणीय काम गर्ने अध्यक्ष द्वयलाई पनि सम्मान गरिएको छ ।

सम्मान पाउने अध्यक्षहरुमा सालविसौनी सामुदायिक वन लेटाङ्ग एकका अध्यक्ष याम बहादुर मगर र वसन्त हरियाली सामुदायिक वनका अध्यक्ष होमनाथ सुवेदी रहेकम छन् । सम्मानित चारै जनालाई सभाका प्रमुख अतिथि लेटाङ्ग नगर प्रमुख भुपेन्द्र कुमार लावतिले कदर पत्र र नेपाली ढाका टोपी ओढाएर सम्मान गर्नुभएको थियो । सभमा महासंघ अध्यक्ष तिंसिनाले वार्षिक कार्य प्रतिवेदन पेश गर्नु भएको थियो ।

साथै उहाँले संस्थाले विगतमा गरेका विभिन्न गतिविधि र आगामी रणनीति सँगै तिन लाख ३१ हजार छ सय ९१ बराबरको वार्षिक अनुमानित वजेट समेत प्रस्तुत गर्नु भएको छ । निर्धारित समय भन्दा निकै ढिला गरी शुरुभएको उक्त अधिवेशन सभाको प्रमुख अतिथि द्वारा गमलाकोविरुवामा पानी हलेर उद्घाटन गरिएको थियो । सभालाई संस्थाकी सचिव नैनकला दंगाल ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो ।
No description available.No description available.No description available.
No description available.No description available.No description available.No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय