काठमाडौं- नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । उनले एमाले निकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् ।
उनले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत परेको छ । यस्तै सचिवमा नेविसंघका मनोज सिंह र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ विजयी भएका छन्। ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ।
अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन् । विजयी ढुंगेललाई नेविसंघ र अनेरास्ववियूको पनि समर्थन थियो ।











