मिति २०७९/ १२/०३ , काठमाडौँ :- नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(क्रान्तिकारी) र अनेरास्ववियू को नेपाल ल क्याम्पसमा साझा सङ्कल्पका साथ आगामी चैत्र ५ को लागि स्ववियुको चुनावमा अघि बढ्दै हातेमालो गर्दै बाम लोकातान्त्रिक पद्दतिबाट गर्ने निर्णय गरेका छन्।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(क्रान्तिकारी) र अनेरास्ववियू को नेपाल ल क्याम्पसमा साझा सङ्कल्प किन?

१) नेपाल ल क्याम्पसलाई एक विचार, एक संस्था र एक व्यक्तिको पूर्वाग्रहबाट मुक्त गर्न।

२) नेपाल ल क्याम्पसलाई विभिन्न विचारहरूको अन्तरक्रिया मार्फत विचार, सिद्धान्त र दृष्टान्तहरूको उत्पत्ति र विकास हुने साझा संस्थाको रूपमा विकास गर्न।

३) २०३५ सालदेखि २०६५ साल सम्म ३० वर्ष भन्दा बढी समय सम्म स्ववियु कब्जा गरेको भनी दम्भ देखाउने तथाकथित विरासतको भ्रम चिर्न।

४) नेपाल ल क्याम्पसको स्ववियुको कार्यालयलाई एक संगठन विशेषको बैठक बस्ने कार्यालयबाट मुक्त गराई समग्र विधार्थीहरुको नीतिगत छलफल, अन्तरक्रिया र बहस हुने थलोको रुपमा अघि सार्न।

५) स्ववियुको कार्यसमितिलाई शक्ति सन्तुलन(Check and Balance) को सिद्धान्तका आधारमा पारदर्शी, जवाफदेही, उत्तरदायी र प्रभावकारी बनाउन।

६) स्ववियुलाई समग्र रूपले समावेशी बनाउन।

समाचार संयोजक
क्रिश अर्याल
९८४१९९६३६०

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय