डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग १ फाल्गुन- महान जनयुद्धका वीर सहिदहरुको सम्झना गर्दै २८अौं जनयुद्ध दिवस मोरङको लेटाङ्गमा एक समारोहका बिच मनाईएको छ । दिवस नेकपा माओवादी केन्द्र लेटाङ्ग नगर कमिटी र अखिल नेपाल क्रान्तिकारी महिला संघ लेटाङ्गको संयुक्त आयोजनामा मनाईएको हो ।

May be an image of 6 people and people standing

नेकपा माओवादी नगर पार्टीकार्यलय लेटाङ्गको सभाहलमा आयोजित समारोहमा जनयुद्धको २८ वर्षको संझनाको प्रतिक स्वरुप २८ वटै मेैन बत्ती प्रज्वलन गरीएको थयो । मैन बत्ती पार्टीका नगर अध्यक्ष क. विनोद नेपाल र अनेम संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष क. लताले संयुक्तरूपमा प्रज्वलन गर्नुभएको थियो ।

समारोहमा नगर पार्टी ईन्चार्ज क. कृष्ण लम्साल , नगर अध्यक्ष क. विनोद नेपाल र समारोहकी प्रमुख अतिथी क.लताले जनयुद्ध र महान वीर सहिदहरुको बारे एवं उपलब्धिका बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । समहरोह अनेम संघ लेटाङ्गकी अध्यक्ष शान्ता राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

May be an image of 7 people and people standing

आजै यो पनि

समारोहको समापन पश्चात् लेटाङ्ग बजार उत्तर पुर्वी कोणमा रहृको टुक्रे राष्ट्रिय वन परिसरमा “सहिद स्मृति प्रतिष्ठान”को भवन निर्माण स्थलमा व्यानर स्थापना समेत गरिएको छ । व्यानर टुक्रे वनको क्षेत्रफल मध्ये सेना व्यारेक उत्तरमा रहेको सडक उत्तर ,किराँत धार्मिक स्थल पश्चिम र फन पार्क हुँदै शिक्षा विकास मा.वि. जाने सडक पुर्वको क्षेत्रको वन क्षेत्रमा स्थापना गरिएको छ ।

May be an image of 8 peopleउक्त क्षेत्रमा हाल सम्म लेटाङ्गमा अवस्थित विभिन्न धार्मिक लगायत अन्य थुप्रै संघ संस्थाको नाममा मात्र जग्गा रहेको तर देशका लागि वलिदान दिने वीर सहिदहरुको स्मृतिमा निर्माण हुने भवनको निर्माण स्थल नरहेकाले पनि हामीले आज त्यस्का लागि व्यानर राखी जग्गा सुरक्षित गरेको नेकपा माओवादी केन्द्र लेटाङ्गका नगर ईन्चार्ज क. कृष्ण लम्साल अनन्तले वताएमा छन् ।May be an image of 9 people, people standing, outdoors and text that says 'शहिद स्मृति प्रष्ठान भवन निर्माण स्थल A'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय