काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि आइतबार साँझ बालुवाटार पुगेका हुन् ।
आज नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पाएका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनको सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद खारेज भएको थियो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ ।











