काठमाडौं- नेकपा माओवादी केन्द्रले रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ ।

माओवादीले आज संचारमा रेखा शर्मा, पर्यटनमा किराँती र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मोदीलाई पठाउन लागेको बुझिएको छ ।
नयाँ मन्त्रीहरुको सपथ आजै दिउँसो १ बजे हुँदैछ ।

प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट विजयी शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन । यस्तै, किराँतीले भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका थिए । यसैगरी, मोदी मोरङबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

सत्तासाझेदार दलहरुको हिजो बसेको बैठकमा माओवादीले थप तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो । प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाएको माओवादीले सूचना तथा संचार, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ । यसअघि भौतिक योजना तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ बनिसकेका छन् । राज्यमन्त्रीको टुंगो भने माओवादीले लगाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय