सल्यान । जिल्लामा दुई बालिकालाई विवाह गर्छु भन्दै बलात्कार गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी र २० वर्षीय मेघराज थापा रहेका छन् ।

उनीहरूले कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर घर भएका १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । दुवै बालिकामाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरको त्रिज माविमा बालिकालाई बोलाएर बलात्कार गरेको खुलासा भएको हो । प्रहरीका अनुसार विवाह गर्ने लालचमा बलात्कार गरेपछि दुई बालिकालाई जंगलमा छाडेर दुवै जना फरार भएका थिए ।

पीडितका आफन्तले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई खोजेर पक्राउ गरेको छ । गिरीलाई पक्राउ गरिए पनि थापाको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय