काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै राजनीतिक दलहरु तयार रहेको बताए।

शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातारण तयार गर्न सबै राजनीतिक दलहरु प्रतिवद्ध रहेको अध्यक्ष दाहालले बताएका छन् ।

द्वन्द्वकालमा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी तयार छौं, विज्ञप्तिमा भनिएको छ। सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापितलगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आमागी संसद अधिवेसनबाट टुंगो लगाइने विज्ञप्तिमा उल्लेख रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय