काठमाडौं – नेपालमा नेटवर्किङ व्यवसाय लाई औलामा गन्न सकिने बाहेक अनुमुमति दिइएको छैन । तर खाँडी मुलुकलगायत बिभिन्न देशमा त्यहाका सरकारले ब्यापारका लागी आधिकारिकता प्रदान गरेको छ । जहाँ बैदेशिक रोजगारीका लागि बिदेश पुगेका युवा, युवतीहरु यही व्यवसायमा जोडीने गरेका छन् ।

नेटवर्क ब्यावसय मध्ये डीएक्सएन नामक कम्पनीमा जोडीने सबैले आर्थिक लाभ हासिल गर्छन् भन्ने भ्र मले कतिपयको निन्द्रा हराएको छ । घर खर्च कमाउन र आफ्नो सुनौलो भविष्यका लागि बिदेसीएकाहरु पछिल्लो समय डीएक्सएनबाट चौपट भएको गुनासो आउन थालेको छ ।

विशेष गरी खाडी मुलुक मलेसिया, कतार, साउदी अरब, युएई लगायतका खाँडी मुलुकमा रहेका नेपाली श्रमीकहरुले डीएक्सएन नेटवर्किङ कम्पनीमा लागेर आफू बर्बाद भएको गुनासो गर्न थालेका छन्।

‘के के न हुन्छ होला भनेर प्रोडक्ट खरिद गर्नमा पैसा लगानी गरियो अन्तमा खोलती रित्तियो तर आम्दानि गर्न सकिएन, समयको बर्बादी र अलि अलि कमाएको पैसा पनि साथीहरुको भनाईमा लागेर लगानी गरीयो न सावा छ न ब्याज छ? बिदेशमा श्रम संग साटिएको पसिनाको गन्ध सुक्न नपाउदै स्वदेश फर्किन पर्यो, उदयपुर घर भई लामो अढाई वर्षयता मलेसीया बस्दै आएका कुशन राईले भने, ‘ अन्तिममा खाली हात, उल्टै यतिका वर्ष दु:ख गरेर कमाएको पैसा डुब्यो ।’

उदयपुरका कुशन मात्र हैन खोटाङका सुरज मगर पनि आफू मलेसीया आएपछि डीएक्सएनको चक्करमा लाग्दा पैसा डुबाएको बताउछन् । सामाजिक सञ्जाल फेसबुक र बिभिन्न साइटमा आकर्षक विज्ञापन र व्यापक मार्केटिङ गरेर सर्वसाधरण आकर्षण गर्ने गरेको नेटवर्क व्यावसायमामै संलग्न  रहेका अगुवाहरुले प्रलोभनमा पारी नेपाली फसाउने गरेको उनको गुनासो छ ।

स्याङ्जाका प्रताप थापा पनि मेम्बर (सदस्य) बन्दा ४ वर्ष मलेसीया बसेर कमाएको सबै पैसा सत्यनास भएको अमिलो अनुभव सुनाउछन् । कम्पनीको प्रलोभन अनुसार आफू मलेसियाको विभिन्न सहरमा प्रोडक्ट लिएर भौतारिदा पनि हातलागी शून्य सामना गरेको थापा गुनासो गर्छन् ।

कसरी लोभिन्छन?
डीएक्सनको उत्पादक कम्पनीले बिभिन्न पद निर्धारण गरेको हुन्छ । त्यसैको आधारमा ‘डाइमण्ड’ पदमा पुग्नका लागि लगानी गर्दा थापाले आफ्नो ४ वर्षे कमाई गु मा ए को बताए । ‘डाइमण्ड’ बन्न आफ्नै गोजीको पैसा लगानी गरेर अरुको ‘पिवी’ बढाउदा रकम सकिएको उनको भनाई छ ।

गोजीको पैसाले आफूभन्दा तलकालाई पीबी बढाएपनि प्रतिफल नआएको गु ना सो छ । नेटवर्किङ व्यावसायीले सोझा नेपालीलाई टार्गेट गर्ने गरेको बताइएको छ । झापाका अमित विकको पीडा पनि थापाको भन्दा कमको छैन । मलेसिया आएर साथीको द वा व मा मेम्वर (सदस्य) वनेका उनी कोतरायामा पीबी बढाउन भो क भो कै भौ ता रि दै हिडेको सम्झन्छन् । पीवी वढाउने लो भ मा आफूलाई कहिल्यै नचाहिने सामानहरु पनि खरिद गर्नुपरेको बिकको गु ना सो छ ।

सो नेटवर्कमा सुरुमा फ का ए र प्र लो भ न मा पारी सदस्य बन्न प्रेरित गर्ने गरिएको पी डि त ह रु बताउछन् । मेम्बर बनेर लगानी फसी सके पछि अगुवा (लिडर)हरुले उनीहरुलाई जतिसक्दो धेरै सामान खरिद गराउने लगाउने गरेका छन् । पीडितहरुका अनुसार अगुवाहरुले आफ्नो पीबी बढाउन अनेक प्रलोभन देखाएर आफूभन्दा मुनीका मेम्बरहरुलाई अनावश्यक सामानसमेत खरिद गर्न हौस्याउदै आएका छन् ।

‘जति पीबी बढ्यो उतिनै बोनस रकम बढी आउछ भन्दै आफूलाई नचाहिएको सामान पनि लोभ देखाएर किन्न लगाए’ उदयपुर कटारीका सुजन मगरले भने, ‘न सामान नै काम लाग्यो नत बोनस नै आयो ।’ उही हातलाग्यो शून्य । उनका अनुसार मलेसीयामा कतिपयले बोनसको लोभमा कुरै नबुझी सदस्य बन्दै आएका छन् । पछि बुझ्दा उनीहरुको लगानी डुबीसकेको हुन्छ ।

रातो च्याउबाट बनेको दाबी गर्दै मलेसियामा उत्पादित सामानहरु बिक्री गर्दै बोनस पाउने लालचमा सयौँ नेपालीहरुको लगानी बालुवामा पानी बन्दै आएको छ । कम्पनीको सीधै पहुँचमा हुने र पुराना लिडरहरु अधिकांसले राम्रै आर्थिक लाभ पनि लिदै आएको बताइन्छ तर, सर्वसाधरण भने सामान्य मेम्बर मात्र बनेर आर्थिक लोभमा फसी वर्षौ लगाएर पसिनासँग साटेको पैसा डुबाउनेहरु को पक्षमा सम्बन्धित निकायले निगरनी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय