मोरङ- मोरङ साविकको लेटाङ नगरपालिका खर्बनी स्थित जग्गाको बिषयमा बिबाद हुदा आफ्नै भाईले खुकुरी प्रहार गरि दाजुलाई सक्त घाईते बनाएको हो।
साविकको लेटाङ नगरपालिका वडा नम्बर-१ का सन्तोष खजुम लिम्बुले दाजु भिम खजुम लिम्बुलाई धारिलो खुकुरी प्रहार गरेका हुन। घाइते दाजुको हाल बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।भने घट्नाका दोषी सन्तोष लिम्बू लाई इलाका प्रहरी लेटाङ्गले पक्राउ गरि अनुसन्धान गरिरहेको जानकारी छेमिकी रमित लिम्बुले दिएका हुन।
सामन्य अंशबण्डाको बिषयमा दाजु भाइ बिच भएको बिबाद चरम उत्कर्शमा पुग्दा दाजुले भाइ लाई पहिला ढुङ्गाले हिर्काएको र पछि भाईले खुकुरीले दाजुको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्सीहरुको भनाइ छ।
गाउमा दशैको रौनकका कारण यस्तो घट्ना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि घट्नाका दोषी र घाइते दुबैले आफुहरुले मदिरा सेवन नगरेको दाबी गरेका छन।
तर बिराट नर्सिङ होम अस्पतालमा दुबै जनाको मापसे परिक्षण गर्दा दुबैको रिपोर्टमा मदिरा सेवन गरेको देखिएको छ। उक्त बिषयमा बिरामिको स्वास्थ्यमा सुधार भएपछि पुन घट्ना बारे थप अनुसन्धान हुने बताईएको छ।