क्रिश अर्याल , अशोज २५ ,काठमाडौँ :- दशैं सुरु भए संगै काठमाडौँ उपत्यका बाट आफ्नो घर तर्फ लाग्ने हरुको चाप बढेको छ। दशैं को टिका पनि नजिकिदै गएपछि काठमाडौँ उपत्यका छाड्ने हरुको संख्या बढेको हो।

बिहानै देखि घर फर्किन का लागि गाडी चढ्न काठमाडौँ बाट बाहिरिने मुख्य नाका हरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायत क्षेत्रमा ठूलो भिड लागेको छ। शिक्षा , रोजगारी का क्रम मा बैदेशिक पलायन भएका हरु स्वदेश फर्की दशैं मा आफ्ना परिवार संग रमाइलो गर्दै टिका तथा आशिर्बाद लिन आफ्नो गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भिड बढेको हो ।कोरोना को जोखिम कायमै रहेता पनि उपत्यका छाडी आफ्नो आफ्नो गाउ तथा सहर जाने क्रम बढ्दो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय