विनोद मण्डल ,असोज २३ सिराहा । धनगढीमाईको जिरोमाइल स्थित नेपाली कांग्रेसका जिल्ला सभापति द्धारा पत्रकारहरु समानित भएका छन् । नेपाली कांग्रेस सिराहाका सभापती रामचन्द्र यादवद्वारा उनको निवासमा हिन्दूहरूको महान चाड वडा दशैँ ,तिहार , दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विष्णु प्रशाद गुप्ता , प्रमुख अथिति रामचन्द्र यादव ,विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता , बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता , नेपाली कांग्रेसका नेता तपेश्वर महतो , महिला नेत्री विमला देवी शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागितामा भएको कार्यक्रममा स्वागत मन्तव्य रामबाबु यादवले राख्नु भएको थियो ।

कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो । कार्यक्रम शुरू भएपछि जिल्ला सभापति रामचन्द्र यादवले सहभागी पत्रकारहरुलाई टीका र गम्छा ओढाएर सम्मान गर्नु भएको छ । कार्यक्रममा बोल्दै वरिष्ट पत्रकार दिनेश्वर गुप्ताले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि पत्रकारहरु निरन्तर कलम चलाउने बताउनु भएको छ ।

कार्यक्रममा सभापति रामचन्द्र यादवले आफू जनताको पक्षमा रहेर काम गर्ने भएकोले सही सत्य खवर लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । पूर्व गाविस अध्यक्ष समेत रहेका यादवले अाम जनता बाट विजय भएर सिरहाबाट माननीय समेत भएका थिए ।

लामो राजनीति सक्रियता र इतिहास बोकेका यादवले जिल्लामा आफ्नो कार्यकालमा भौतिक निर्माण मन्दिर , स्कूल ,बाटो घाटो निर्माणमा विगतमा बढी सक्रिय रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय