तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्टि जनाएका छन् । ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि विप्लवले असन्तुष्टि जनाएका हुन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ ।