नेपालगन्ज । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सन्जालमा ट्वीट गर्दै नेकपा एमालेका अध्यक्ष खडकप्रसाद ओलीको कुम्भ मेला निम्भने बेलाको बत्ती भएको टिप्पणी गरेका छन् । उनले एमालेको गोदावरीमा जारी अधिबेशनलाई लिएर उक्त टिप्पणी गरेका हुन ।

 

उनले लुटको धन फुपुको श्राद्ध, गरेर सोझा जनतालाई केही दिन भ्रममा राख्न सकिएला, तर अन्तमा देशले ठूलो मुल्य चुकाउनु पर्ने छ । नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया, उनले गरेको ट्वीटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय