मोरंग- कानेपोखरी नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँ कमिटी को बिस्तारित बैठक बाट संयोजकमा कानेपोखरी गाउँ पालिका वडा नं ४ का मनोज राजबंशीको नेतृत्व मा ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ। उक्त बैठकमा नेकपा एमालेका नेत्री प्रमिला मगर र अनिता हेमरम को नेतृत्व मा ४७ जना माओवादी केन्द्र मा प्रवेश भएको छ।
प्रकाश धिमाल पनि एमाले बाट बिद्रोह गरि माओवादी केद्रमा प्रबेस, लिम्बुवान मा वडा नं ६ का उपाध्यक्ष सहित ७० जना युवा माओवादी केन्द्र मा प्रबेस,साथै यश भेला को अध्यक्ष मनोज राजबंशी ले गर्नुभएको थियो। प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य केन्द्रीय सदस्य मोरङ इन्चार्ज गोपि अछामी ,अतिथि हरु,जिल्ला सह इन्चार्ज प्रदेश सांसद कुल प्रसाद सम्बा (कुशल) ,मोरङ पार्टी संयोजक गणेश उप्रेती (शुशिल),संविधान सभा सदस्य तथा प्रदेश सदस्य लाल बहादुर सुस्लिङ मगर(सबिन),दिपक भट्टराई ,प्रदेश सदस्य गिता तिम्सिना,पार्टी इन्चार्ज राजेन्द्र मण्डल,सह इन्चार्ज अम्बिका अर्याल,प्रदेश सल्लाहकार सदस्य दोय खुल्लु राजबंशी ,सुर्य धिमाल ,वाइसीएल मोरङ जिल्ला सचिब नबिन गुरुङ लगायत रहेका थिए।
को हुन् मनोज राजबंशी ?
साबिकको कानेपोखरी गाउपालिका निवासी राजबंशी सानै देखि बिद्रोही स्वभावका थिए। बाल्यकाल बाटै कम्युनिस्ट विचारधारा प्रति अत्यन्तै रुची राख्ने र दमन, अन्याय नसहने उनको बिसेष्ताले गर्दानै उनलाई माओबाद बिचारले छोएको बताउछन।
आफ्नो उमेर संगै उनले माओबाद सिधान्त र बिचार लाई नजिक बाट नियाली रहेका राजबंशीको माओबादी आन्दोलन र बिचार प्रति रुची झनझन बढ्दै थियो। कम्युनिष्ट सिधान्त बारे अध्यन गरिरहेका मनोजको अन्ततः कमरेड अन्तंत संग भेट पछी धेरै बुझ्ने मौका पाए । त्यसपछी पार्टीमै लागेर अन्याय अत्यचार बिरुद्ध समानताको मोर्चामा सामेल हुने निधो गरे ।
मानब जातिमा समानता हुनुपर्छ, भेदभाब रहित समाजको निर्माण गर्नुपर्छ भन्ने सानै बाट चेतना भएका मनोज २०६० मा पार्टीको पूर्णकालीन सदस्य भएर काम गर्न थाले। पार्टीको जनमिलिसियाको भूमिका सहित २०६३ मा जनमुक्ति सेनाको जिम्मेवारीमा थिए। भने सेना समायोजन पछी सोईच्छिक अवकास रोजेर खुल्ला राजनीतिमा आए।
त्यससंगै वाईसीएल सदस्य हुदै काम गर्ने दौरानमा रोजगारीका लागी २०६८ मा मलेसिया हानीए। तत्कालिन एकीकृत माओबादीका प्रभावशाली नेता मात्रीका यादब निकट रहेका मनोज पार्टी फुटेपछि अन्यौलमा थिए। भने एकीकृत नेकपा माओबादी सम्बद्ध विदेश ब्युरो नेपालि जनप्रगतिशील मंचमा समेत आवद्ध भई प्रवासमा पनि उतिकै पार्टीको कार्यमा क्रियाशील रहेका थिए।
नेपालि जनप्रगतिशील मंचको ६ औ सम्मेलन बाट राजबंशी समितिको बरिस्ठ उपाध्यक्ष्यमा निर्बिरोध निर्वाचित भई जिम्मेवारी सम्हालेर पार्टीको विदेश विभाग मार्फत काम गर्दै आएका उनि मलेसिया बसाइको अवधि सके संगै २०७२ मा स्वदेश फर्किएका थिए।