एजेन्सी- आजको समयमा गलत खानपानको कारण धेरै मानिसहरुलाई ग्यास सम्बन्धित समस्या हुने गर्दछ । आज हामी तपाईलाई यसैसँग सम्बन्धित कुराहरुको बारेमा जानकारी दिनै छौँ । एउटा यस्तो पात चबाउनुहोस् जसले १० मिनेटमा नै तपाईको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ र तपाईको यो समस्या पनि टाढा हुनेछ।
पत्थरचट्टाको बिरुवा:- आयुर्वेदमा पत्थरचट्टालाई भष्मपथरी,पाषणभेद र पणपुट्टीस्को नामले पनि चिनिने गरिन्छ भने मोडिकल साइन्समा यसलाई Bryophyllum pinetum पनि भन्ने गरिन्छ । यो बिरुवा मानिसको स्वास्थयको लागी अधिक लाभकारी छ । यसले ग्यासको समस्यालाई जरैदेखी निमूर्ल पार्दछ । यसकाे प्रयाेग गर्ने तरिका:-
१) यदि तपाईलाई ग्यासको समूया छ भने तब तपाई बिहानको समयमा यसको एउटा पातलाई चबाउनुहोस् । यसो गर्दा तपाईमा ग्यासको समस्या हुनेछैन । यदि तपाईको पेटमा ग्यास समस्या कहिल्यै हटेकै छैन भने पनि यो खाएपछि तुरुन्त ग्यास समस्या हट्नेछ ।
२) तपाईलाई थाहा छैन होला कि पत्थरचट्टामा सुठो मिलाएर सेवन गर्नाले पेटमा भएको दुखाईबाट राहत मिल्दछ । यसले पेटको दुखाई कम हुन्छ ।
३) आयुर्वेदको अनुसार यसमा कैयौँ औषधीय गुणहरु मिल्दछन् र यसले किड्निमा भएको पत्थरीको समस्यालाई पनि समाप्त गर्न मदत गर्छ ।
यो पनि पढ्नुस: पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर
गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।
आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ । विभिन्न रोगमा पुदिनाको प्रयोग :
अपच: दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।
पेट फुल्ने: पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।
क्यान्सर: पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।
काटेको घाउमा: कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।
मुर्छा: सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।
ज्वरो: पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।
पेट दुखाइ: पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।
दम र खोकी: पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।