काठमाडौ । सामाजिक संजाल फेसबुकमा युकेको नागरीक बनेर अनलाईन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । फेक आइडीबाट एक महिला साथीलाई युकेको लाहुरे हुँ भन्दै लाखौं पैसा र सुन ठगी गरेको आरोपमा भोजपुरका केदार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

साथी बनेर बोल्दै जाने क्रममा उनले राईले ‘म युकेको लाहुरे हुँ, हाल युकेमा छु म माया गर्छु, तिमिलाई युकेमा लैजान्छु’ भन्न थाले । उनले मेरो श्रीमतीको इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी कुरा गर्दै आएका थिए ।

२०७८।५।१६ गते भने उनले मेसेन्जरमा फोन तथा म्यासेज गरी आफ्नो आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचारत रहेको र केहि रकम आवश्यक परेको बताए । त्यसपछि मेरो दाई लिन आउनुहुन्छ भन्दै विश्वासमा पारेर पटकपटक गरी नगद रु १,६०,५००।–, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिएर ठगी गरेका थिए ।

उनले ठगी गरेको जाहेरी दरखास्त प्रहरी महाशाखामा परेपछि प्रहरीले अनुसन्धान गर्ने पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय