क्वालालम्पुर- मलेशियामा रोजगारीको सिलसिलामा आएका एक नेपाली श्रमिक परिवार सङ सम्पर्क बिहिन भएको जानकारी प्राप्त भएको छ। सन-२०१३ अघि रोजगारीका लागि मलेशियाको जोहोर बाहरु क्षेत्रको बातुपाहत स्थित एक कम्पनीमा आएका मोरङको केराबारी गाउपालिका वडा नम्बर-३ निवासी नीर बहादुर मगर एकाएक बेपत्ता बनेका हुन।
८ बर्ष अघि मलेशिया आएका मगर परिवार सङ करिब ६ महिना सम्म सम्पर्कमै रहेका थिए। बेला बेला घरमा फोन गरिरहन्थे तर पछिल्लो समय एकाएक सम्पर्क बिहिन बन्दा परिवारमा चिन्ता बढेको छ्। बिबाह गरेर धन कमाउन मलेशिया हानिएका नीर बहादुर मगरकी श्रीमतिले गत १ बर्ष अघि मात्रै अन्तै लगनगाठो कसिन।
७ बर्ष सम्म उनले आफ्नो श्रीमानले फोन गर्छन कि कतै फर्केर पो आउछन कि? भनेर बाटो कुरेर बसेकी थिन। आफ्नो आफन्त, स्टमित्र कोहि सङ पनि सम्पर्कमा नरहेपछी परिवार अच्चममा परेका छन। परिवार श्रोत भन्छन” मरेको भए पनि लास आउनुपर्ने हो। जिउदो भए पनि सम्पर्क गर्नुपर्ने हो। केही खबर छैन।
मलेशियामा रहेका नेपालिहरुलाई नीर बहादुर मगरको बारे जानकारी भए ९८१२३६४२५७, ९८१०४९५४५१ सम्पर्क गरि जानकारी दिन परिवारले आग्रह गरेका छन।