महेश यादव नवलपरासी / ११ असाेज- पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष ईसरायल हजाम नाउँकाे अध्यक्षता तथा जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य खिमलाल पाेख्रेलकाे प्रमुख अतिथतामा वडा कार्यकर्ता भेला सम्पन्न भएको हाे ।
साे अवसरमा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले नेकपा एमालेले जनताको हितकाे लागि विभिन्न याेजना ,नितिनियम तथा हक अधिकारका लागि काम गरिरहेकाे बताउनुभएको थियो । साथै उहाले नेकपा एमाले सधै जनताको लागि कार्य गर्ने छ र न्याय दिलाउने छ बताउदै नागरिकता पिडितहरुलाई छिटै नागरिकता विधेयक लाएर नागरकिता दिलाउने बताउनुभएको थियो ।
साथै पार्टीको कार्यकर्ताहरुलाई पार्टि विस्तार गरि पार्टि संगठनलाई बलियो बनाउन अाग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी तथा अतिथिहरुमा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा कैलाश यादव ,वडा नम्बर -५ का वडा अध्यक्ष दिनेश सहानि , नेकपा एमाले सरावल गाउँपालिका पार्टी अध्यक्ष सुरेश यादव ,पार्टी सचिव देवराज चाैधरी ,जिल्ला परिषद सदस्य पञ्चराम चाैधरी , सुखाडि प्रसाद चाैधरी ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य गाेपिचन्द हरिजन ,पत्रकार नन्दु यादव , सुरेश यादव ,महेश यादव ,श्यामबदन हरिजन , नेकपा एमाले पार्टि कार्यकर्ता सलिम राईन लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन प्रदेश नम्बर -५ का राष्ट्रिय युवा संघका सह संयाेजक श्रीराम गाैडले गर्नुभएको थियो ।