गैर आवासीय नेपाली संघ मलेशियाका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले संघको १० औं बिश्व सम्मेलनमा अध्यक्ष पदमा प्रत्याशी डाक्टर बद्री केसि लाई मत दिएर बिजय गराउनुपर्ने बताएका छन।
उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा उनि सिनियर भएकाले अध्यक्षमा मत दिएर बिजय गराउनुपर्ने उनको धारणा छ।
डा. केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधी, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिवद्धता जनाए संगै उनको चर्चा चुलिएको छ।
अक्टोर २३ देखि २५ सम्म हुने अधिवेशनले संघको २ वर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ। त्यस्तै अध्यक्ष पदका लागि बेलायतका व्यवसायी कुल आचार्यले समेत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन। खाडी, मलेसिया लगायत करिब ६ ओटा देशमा कोभिड-१९ को दोस्रो लहर सुरु भए संगै धेरै देशहरु बाट नेपालीहरुले रोजगारीबाट हात झिक्नु परेको थियो।
डाक्टर केसीकै नेतृत्व र पहलमा गैर सरकारी सस्था बाट सहयोग रकम निकासा गरी राहत प्याकेज योजना ल्याईयो, रोजगार गुमेर स्वदेश फर्किन नसकेका र बिभिन्न कारणबस बन्दिगृहमा जेल जीवन बिताईरहेका नेपालि श्रमिक सयौको उद्दार गरेर मन जितिसकेका केसी जस्ता उम्मेदवार लाई निर्वाचित गराउनु पर्ने’उनको तर्क छ।
यस सङै गैर आवासीय नेपाली संघ, मलेशियाका सम्पुर्ण भोटरहरुलाई डाक्टर बद्री केसिकै पक्षमा मतदान गर्न नेपालले अपिल गरेका छन्।
-को हुन् कृष्ण प्रसाद नेपाल ?
पाल्पा स्थाबासी कृष्ण नेपाल करिब १६ अघि मलेशिया रोजगारीको शिलसिलामा आएका हुन। साधरण श्रमिकको हैसियतमा मलेशिया श्रम गर्न आएका उनी जिवनमा धेरै उत्तब चढाब भोगेका छन। कठोर मेहनत र सघर्ष गर्न जाघरिलो नेपाल हाल मलेशियाका नेपाली माझ लोकप्रिय नाम मध्येका एक हुन।
मलेशियामा व्यापार ब्यावसाय गरेर बस्ने दर्जनौं बढी नामि नेपालि ब्यापारीहरु मध्येमा उनको पनि छुट्टै परिचय छ। उनले आफ्नै मेहनत र पसिना बगाएर मलेसियामै मार्ट(खाद्य) कम्पनी सन्चालनमा ल्याएका छन, भने दर्जन बढी नेपालीहरु लाई रोजगार समेत दिएका छन।
त्यसो त मिजासिलो र नेपाली समुदायमा सजिलै घुलमिल हुन सक्ने ठूलो सानो भनेर भेदभाव नगर्ने उनको बिसेष्तानै हो। नेपाली श्रमिकलाई परेको सारो गारो र अप्ठ्यारोमा आफै सामेल भएर सहयोग गर्छन। त्यति मात्रै होइन मलेशियामा गठित विभिन्न सामाजिक संघ सस्थाहरुमा आवद्ध भइ नेपाली श्रमिक लाई परेको दुखमा आफ्नै नेतृत्वमा दर्जनभन्दा बढी पिडितहरुको समस्याको समाधान समेत खोजेका छन।
मलेशियामा ब्यापार गरेर बस्ने अधिकाक्ष नेपालिहरुको छबिमा धेरैले उद्धारको नाउमा कमिसन खाएका छन।यो गरिदिन्छु वा त्यो गरिदिन्छु भन्ने बहानामा धेरै श्रमिकलाई बेहाल बनाएको जगजाहेरनै छ। कति ब्यापरीहरुको त अन्लाईन पोर्टलमा फोटो सहित धेरैपटक समाचारनै नछापिएका होइनन्। धेरैले गरेका कालो कर्तुतको पर्दाफास पनि भएको छ।
तिनै नामि नेपाली ब्यावसायी मध्ये कृष्ण नेपाल भने हालसम्म कुनै किसिमका बैमानी नगरेका र नेपाली समाजमा स्वच्छ छवि निर्माण गरेका एक इमान्दार ब्यक्तित्व मानिन्छन।सदैब आफ्नो कर्म प्रती लगनशील रहि श्रमिक समस्याहरु प्रति दिलो ज्यान दिने नेपाल लाई मलेशियामा नेपाली समुदाय भित्र नचिन्ने ब्यक्ती सायदै होलान।
-समाज सेवामा पनि उतिकै लगाब छ।
मलेशियामा गठित नेपाली संघ सस्थाहरुमा कृष्ण नेपाल को उपस्थिती कमै देखिन्छ। कुनैपनी संघ सस्थाहरुले आयोजना गरेको सार्बजनिक कार्यक्रमहरुमा उनलाई कमैले देख्छन। सार्बजनिक मन्चमा गएर खादा ग्रहण गर्ने र ठुला ठुला भाषण गरेर माखो नमार्ने नेपाली अगुवाहरु चर्चा बटुल्न र सस्तो लोकप्रियताका लागी मात्र पदधारण गरेको नेपाली समुदाय बाटै आरोप लाग्ने गरेको छ।
कृष्ण प्रसाद नेपाल सस्तो लोकप्रियता भन्दा काम सङ मतलब राख्ने बताउछन। पहिला काम गरेर देखाउने हो त्यसपछि बल्ल बोल्ने हो”उनले भने। कोरोना भाईरसले थला परेको मलेशियामा नेपाली श्रमिकहरु बिचल्लिमा परेर गुहार मागिरहदा गैर आवासिय नेपाली संघको नेतृत्वमा मलेशियामा रहेका नेपाली कामदारहरुको कोठा कोठामा राहत बितरण गर्न गए, जोखिम मोलेर राहत बितरण गर्नु सोचे जति सजिलो थिएन”उनले सम्झिए।
गैर सरकारी सस्थाले उपलब्ध गराएको राहत प्याकेज श्रमिक माझ पुर्याउनु पर्छ भन्ने उदेश्यले मलेसियाका हरेक ठाउमा पुगेर आफ्नो ज्यानको बाजि लगाएर राहत बितरण गरियो, दिनरात नभनी मजदुरकै लागि दौड्धुप गरे, त्यही पनि जस दिदैनन”उनी भन्छन।
सस्थामा ब्यक्ती प्रधान होइन, नीति र विधि प्रधान हुनुपर्छ। कुरो ठूलो गर्नेले काम गर्दैनन अहिले गैर आवासिय नेपाली संघको १० औं सम्मेलनले पनि त्यस्तै नेतृत्व चयन गरोस भन्ने आसय हो। सस्थालाई श्रमिक मैत्री र नेपाली श्रमिकका साझा समस्या लाई सम्बोधन गर्न सक्ने बौद्धिक र समाजिक ब्यक्ति डा.केसि भन्दा अरु कोहि सक्षम हुन् सक्दैन। त्यसकारण पनि उनलाई नेतृत्वमा ल्याउनुपर्ने उनको धारणा छ।
– संघमा नेपालको पहलमा भएका सुधार।
गैर आवासीय नेपालि संघ, मलेसियाको सन् २०१५ मा सदस्यता लिएका कृष्ण प्रसाद नेपाल २०१७-१९ मा केन्द्रिय सदस्यमा निर्वाचित भए।त्यसैगरी २०१९-२१ को कार्यसमितिमा कोषाध्यक्षमा निर्वाचित भए संगै उनले गैर आवासीय नेपालि संघका कार्यसम्पादनमा उल्लेखिनिय सुधारहरु गरेका छन्। उनले कोशाध्यक्षको पदबहार ग्राहण गरे लगत्तै संघमा श्रमिकका पहुचलाई केन्द्रबिन्दुमा राखेर नेपालीहरुको हित र उद्दारमा काम गर्नका लागि प्रस्ताब गरे।
त्यस्तै: गैर आवासीय नेपालि संघमा बिगतका कार्यसमितिहरुमा लिखित रुपमा हुने गरेका कार्यसम्पादन लाई उनकै पहलमा बैंकिङ प्रणालीमा प्रतिस्थापन गराए। गैर सरकारी सस्थाबाट प्राप्त सहयोग रकम लाई पनि एकदम पारदर्शी तरिकाले ब्यावस्थापन गरेका गरे। उनकै कार्यकालमा संघले सबैभन्दा बढी पंजीकृत सदस्यता वितरण समेत गरेको थियो।
यसरी कुसल संगठकको परिचय स्थापित गरेका उनको भूमिका माथि औला उठाउने ठाउँनै राखेनन् । ताकी मलेसियाको तुलनामा अन्य देशहरुले आर्थिक अनियमितता गरेका समाचारहरु बाहिरिएका थिए।भने धेरैले एक सफल कोषाध्यक्ष भनेर उनको प्रसंसा समेत गरेको पाइन्छ।
कोभिड-१९ को दोस्रो भेरियन्टले मातृभूमि नेपालमा अक्सिजनको हाहाकार भएको बेला नेपालकै योजनामा “मातृभूमि बाचाऔ” अभियान संचालन गरेर ३८ लाख बढी सहयोग रकम जम्मा गरी संघकै माताहत मार्फत नेपाल पठाउन सफल भएको थियो।
-राजनीतिक संगठनमा आवद्धता
तत्कालिन एकीकृत नेकपा माओबादीको विदेश बिभाग अन्तर्गतको प्रवासी संगठन लाई मलेसियामा स्थापित गर्न उनको ठुलो योगदान छ। रोजगारीका लागि मलेसिया आएर राजनीतिक संगठन बिस्तार गर्न त्यति सजिलो भने पक्कै थिएन। आफ्नो कामको बाबजुत पनि उनले बिभिन्न क्षेत्रमा कार्यरत रहेका श्रमिक जो माओबादी प्रति आस्थावान नेपाली थिए, र पार्टी कार्यकर्ताहरु लाई खोजि खोजि गोप्य रुपमा संगठन बिस्तार गर्न सुरु गरे।
मलेसियामा रहेका नेपालि श्रमिक समस्याको समाधानका लागि मुख्य उदेस्य लिएर सन् २००४ मा गठित मोर्चा अहिले पनि कृयाशीलनै छ। र मलेसियामा नेपालीहरुले गठन गरेको सस्थाहरु मध्ये सबैभन्दा फरक उदेस्य र पुरानो संगठन पनि माओबादी सम्बद्ध विदेश ब्युरो नेपालि जनप्रगतिशील मंच हो।
मंचको सदस्यता सन् २००८ मा लिएर गठन गरेको समितिको सेलांगर राज्यको राज्यसमिति अध्यक्ष्यको जिम्मेवारी सम्हालेका थिए। भने सन् २०१३ देखि १७ सम्म जिल्ला समिति सचिबको जिम्मेवारीमा रहेका थिए। तत्कालिन एकीकृत माओबादी पार्टीको पद्दती अनुसार प्रवास ब्युरो सचिब लाई नेपालमा जिल्ला सो सरहकै सचिवको मान्यता थियो।