विसुन देव सरदार लहान।असोज५ गते।  नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औधोगिक तथा लगानी प्रवर्द्धन बोर्ड महाशाखाको सहकार्यमा सिलाई कटाई तालिम सम्पन्न भएको छ।

सो सिलाईकटाई तालिम २०७८जेठ ०३ गतेदेखि ०७८ असार ०१ गतेसम्म संचालित ३० दिने सिलाईकटाई , चुडीलाह तालिममा सक्रियतापुर्वक सहभागी हुने सम्पूर्णलाई कुशलता पुर्वक प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

प्रमाणपत्र असोज १ गते शुक्रबार वितरण गरिएको बलानबिहुलका स्थानीय सहकर्मी रासिन्द्र यादवले जानकारी गराउनु भएको छ।

बलानबिहुल गाउँपालिका माध्यमिक सप्तरीमा गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (MEDPA) को लधु उदेश्यलाई बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमका पालिका अध्यक्ष दयान्नद गोइतको सभा अध्यक्षता , प्रशासन शाखा प्रमुख रामलखन साहको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।

उक्त लक्ष्यित वर्गका लागि गरिएको तालिमको प्रशिक्षकका रुपमा गिता मुखिया ब्युटीपार्लोर , चुडी-लाह-अनिता साह , सिलाइकटाई मो. आलम रहेका थिए।

पालिकाले यस किसिमका लक्ष्यित वर्गका निम्ति विभिन्न कार्यक्रम गरिदै आइरहेको साथै लक्ष्यित कार्यक्रमले समाजमा साकारात्मक संदेश दिइएको अनुमान लगाउन सकिन्छ । यो कार्यक्रमबाट गरिबी निवारण हुने , सीपले दक्ष , अनुभवी जनशक्ति तयार पारेको अध्यक्ष दयान्नद गोइतले बताए ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय