बिनाेद मण्डल असोज ३- सिरहाको धनगढी माई १२ मा लास जलाउन स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकट्टी तथा हाल धनगढीमाई १२, का स्थानिय जनताले विगत लामो समयदेखि प्राकृतिक अथवा अन्य कारणले मानिसको मृत्यु हुँदा लास विसर्जनको चर्को मार खेपिरहेको अवस्था छ ।
स्थानिय सर्रे खोला लास विसर्जनको एक मात्र विकल्पको रूपमा रहेको बगरको पूर्वी भाग र दक्षिणि पछिमी भागमा स्थानीयद्वारा लगाइएको सिसौ वनमा रहेको सुकेको काठलाई जिल्ला वन कार्यालय सिरहाले लास जलाउनको लागि सुकेको काठलाई काट्न रोक लागाएपछि स्थानियले विगत लामो समयदेखि सास्ती खेप्नुपरेको छ ।
स्थानिय सरकारले लास जलाउने उचित व्यवस्थापन नगरिदिँदा आफूहरुले सास्ती खेप्नुपरेको स्थानियको गुनासो रहेकाे पाइन्छ । वडा अध्यक्ष राजु श्रेष्ठको यसप्रतिको उदासीनताले गरीब ,विपन्न लगायतले लास घाटसम्म लानको लागि मलामी सँगै जलाउने साधन दाउरा , गुइँठा , मुढा लगायतका सामाग्री भेला पार्नुपर्ने बाध्यताका साथ अाम मानिसले भोगेको दुख्प्रती सम्बन्धित निकाय मौन बसेको छ जबकि स्थानिय वनमा ढलेको अवस्थाका रुख बिरुवाहरू मक्किने क्रम जारी रहेको छ भने लास जलाउन घरबाट साधनमर्फत सामग्री लिएर जानुपर्दा स्थानिय चिंतित बनेका छन् ।