सुरेश यादव,नवलपरासी/असाेज २ । पश्चिम नवलपरासीको नेपाल भारत सीमा नाकाबाट अवैध रुपमा भित्र्याइएका दुई करोड बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
सीमा नाका बन्द हुँदा पनि अवैध कारोबारमा संलग्न भएर भन्सार छली गरेर ल्याइएका २ करोड ४९ लाख बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पछिल्लो दुई महिनाको अवधिमा बरामद गरेको हो । भन्सार छलेर ल्याइएका सबै सामग्री महेषपुर मूल भन्सारलाई बुझाइएको डीएसपी राजु लामाले बताउनुभयाे ।
प्रहरीले भन्सार छलेर ल्याइएका हरियो केराउ, किरानाका सामान, निमार्ण सामग्री, लत्ता कपडा, इलेक्ट्रोनिक सामान र सवारी साधनका पाटपुर्जा बरामद गरेको हो । हरियो केराउ मात्रै प्रहरीले १ करोड ५० लाखभन्दा बढी भएको प्रहरीले जनाएको छ ।
सीमा नाका बन्द भएपनि लुकिछिपी सामान आयत हुने गरेको गुनासा आएपछि प्रहरीले नाकामा निगरानी बढाएको छ ।