धर्मेंद्र कुमार कुर्मी,कपिलवस्तु ,भदो २६ /कपिलवस्तु जिल्लाको विजयनगर गाउंपालिका वार्ड न .७ गेडुवाजोत गाउँकाे एउटा पोखारीमा लुकाएर राखिएकाे अवस्थामा १५० स्क्वयरफिट सिसमकाे काठ बरामद गरिएकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ।
आज बिहान करिब साढे नाै बजेकाे समयमा सूचनाकाे आधारमा प्रहरीले करिब ४ लाख बराबरकाे काठ बरामद गरेकाे छ ।
नेपाल-भारत सिमामा रहेको दर्जनौं काठको मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन ।
विजयनगर गाउंपालिका को वडा ६,७ र कृष्णनगर नगरपालिका काे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काठ भित्रिदै आएकाे स्राेतले जनाएको छन ।