सुरेश यादव ,नवलपरासी /भदौ २४ । पाल्हिनन्दन गाउँपालिकामा बाढी प्रभावित तथा गरीब परिवारहरु लाई राहत वितरण गरिएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा लालिगुराश किशोर किशोरी संजालकाे आयाेजनामा बाढि प्रभावित तथा गरिब परिवारजनलाई राहत सामाग्री वितरण गरिएको हाे ।

संजालका अध्यक्ष विशाल कुमार गाैतमकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे प्रमुख अतिथतामा ४० घरधुरीलाई राहत स्वरुप खाद्यान्न तथा सनेटरि प्याड लगाएतका सामाग्री वितरण गरिएको हाे । साे अवसरमा बाेल्दै प्रमुख अतिथि गुप्ताले बाढि प्रभावित तथा गरिब परिवारलाई परेको प्राकृतिक मार्काले एक छाक टार्न कठिन भएको बताउदै छाक टार्नकाे लागि बाढि प्रभावित तथा गरिब परिवारजनलाई पालिकाकाे तर्फ बाट र आफु स्वम सधै साथ सहयोग गर्ने बताउनुभएको थियो ।

साथै एविसि नेपाल स्ट्राेम फाउन्डेसनको सहयोगमा आफु स्वम पहल गरेर राहत स्वरुप खाद्यान्न र सेनेटरि प्याड लगाएतका सामाग्री वितरण गराएको बताए । उहाले यस्तो कठिन परिस्थितिमा बाढी प्रभावित तथा गरिब परिवारलाई सहयोग गरेकोमा एविसि नेपाल र एविसि नेपालका सम्पूर्ण टिम तथा किशोर किशोरीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

राहत वितरण गर्दै एविसि नेपालका कृति थापा र किशोर किशोरी हरुकाे संयुक्त उपस्थितिमा प्रति घरधुरीलाई जीरा मसिनो चामल ५० किलो ,मसुरो दाल २.५ किलो ,रहर दाल २.५किलो ,चिउरा २ किलो ,खाने तेल २ लिटर ,नुन २ किलो र सेनेटरी प्याड ५ पाेका लगाएतकाे सामाग्री ४० घरधुरी लाई वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन एविसि नेपालका सुपरभाइजर राजेश आर्याले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय