
लहान , २४ भदौ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी धनुषाद्वारा आयोजित कार्यक्रममा बिमा ऋणि सदस्यहरुलाई मृत्यु बिमाको सुविधा दिइएको जानकारी प्राप्त भएको छ।
बुधबार आयोजित सो कार्यक्रममा बिमा सुविधा अन्तर्गत २ लाख २ हजार ८० रुपैयाँको चेक सम्बन्धित सदस्यहरुको श्रीमानलाई प्रदान गरिएको हो ।
यो सँगै कार्यक्रममा मोहत्तरीको पिप्रा गाउँपलिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण ठाकुर , वडा नम्बर ४ का वडासदस्य जागो देवी , समाजसेवी लक्ष्मी यादव , स्थानीय बुद्धिजीवी एवंम समुहको सदस्यहरु सहित जम्माजम्मी १०० को हाराहारीमा उपस्थिति रहेको संस्थाका शाखा प्रमुख पंकज यादवले बताए ।
आउने दिनमा पनि यो र यस्तै खालका सेवाहरु दिनेछ भने पछिल्लोपटक समेत विभिन्न किसिमका सहयोग र सेवा दिइएको सर्वविदित्तै देखिन्छ ।
यो संस्था सधै जनताका लागि इच्छा , चाहना र जीवन रक्षाका लागि कामकाज गरिदै आएको देखिन्छ ।संस्थाले हर सम्भव सदस्य दिदीहरुको आर्थिक तथा समाजिक बिकासमा सहयोग गरिरहने कुरा शाखा प्रमुख पंकज यादवले बताए।