![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/09/241389008_246384574049409_4241445762505541837_n-1.jpg)
घनश्याम यादव कपिलवस्तु : जिल्ला काे मायादेवी गाउपालि वडा नं.६ मुगेंहरी म नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा काे अध्यक्षता मा २१ सदस्यीय वडा स्तरीय समिति गठन गरिएको छ ।
कार्यक्रम का प्रमुख अतिथि हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले आफ्नो मन्तव्य दिदै भन्नू भयो कि सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म हाे । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्थाले गरिरहेका छ ।
संगठन काे उद्देश हिन्दु धर्म काे हकहित र अधिकार काे लागि निरन्तर रुप मा काम गरिरहेकाे अध्यक्ष पाण्डेयले बताउनु भयो ! हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नु काे उद्देश गाैं संरक्षण गर्ने , हिन्दुहरुलाइ संगठित गर्ने , हिन्दु संस्कारलाई जाेगाउने , मठ मन्दिरकाे संरक्षण गर्ने , हिन्दु धर्मको बारेमा घर -घर ,चौक -चौक,मानिस -मानिस बीचमा गएर जनचेतना जगाउने उद्देश लगायत अन्य उद्देश्यहरु पनि रहेको पाइन्छ ।
मायादेवीगाउँपालिका वडा नं.६ वडामा वार्ड स्तरीय समित गठन गरिएकको छ अध्यक्ष पुरषोत्तम यादव , उपाध्यक्ष अयाेध्या पासवान , काेषाध्यक्ष इन्द्रजीत यादव , सचिव तेज कुमार तेली , सल्लाहकार केतार चाैधरी लगायत २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा ले जानकारी दिनु भयो ।
कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय, सल्लाहकार सुनिल तिवारी , प्रेस सल्लाहकार धनी राम कोरी , मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा , उपाध्यक्ष राजेश वर्मा राकेश चौधरी लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।