राजेन्द्र महतो , सिरहा , भदौ २० गते। सिरहा प्रहरीले कुटपिट मुद्धा ,भ्रष्टाचार सम्बन्धि मुद्धा र लागूऔषध मुद्वाका फरार तिन जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा भगवानपुर गा.पा. ४ का २९ बर्शिय सुर्य भन्ने सुरज यादव, सिरहा लहान नगरपालिका- २० हरीनगरा का ५८ बर्शिय चन्देश्वर ठाकुर र सिरहा लक्ष्मीपुरपतारी गा.पा. ६ का २६ बर्शिय संजय कुमार यादब रहेका छन् । सुरज यादव लाई कुटपिट मुद्धामा जिल्ला अदालत सिरहाले २०७२।१०।१८ गते २(दुई) वर्ष कैद सजाय तोकिएको थियो ।

यादवलाई मिति २०७८।०५।१९ गते शनिबार प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलीले भगवानपुर गा.पा.३ स्थित बाट पक्राउ गरीएको प्रहरी ले बताइएको छ। त्यस्तै भ्रष्टाचार मुद्धामा फरार रहेका सिरहा लहान नगरपालिका २० हरीनगर का ५८ बर्शिय चन्देश्वर ठाकुरलाई मिति २०७८।०५।१९ गते शनिबार ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर वतनबाटै पक्राउ गरीएको प्रहरी ले जनाइएको छ। ठाकुर लाइ भ्रष्टाचार मुद्धामा जिल्ला अदालत सिरहाले २०७३।१०।०७ गते १ वर्ष ६ महिना २० दिन कैद र रु.७,५५,१६५।–(सात लाख पचपन्न हजार एक सय पैसठ्ठी) जरीवाना तोकिएको फैसला सुनाइएको थियो ।

त्यसै गरी लागु औषध मुद्धामा फरार रहेका सिरहा लक्ष्मीपुरपतारी गा.पा. ६ बस्ने बर्ष २६ को संजय कुमार यादबलाई मिति २०७८।०५।१८ गते शुक्रबार प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर बतनबाटै पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिरहामा बुझाइएको छ। यादव लाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिरहाले २०६५।०७।२८ गते १(एक) वर्ष कैद र १०,०००।– (दश हजार) जरीवाना तोकिएको फैसला सुनाइएको थियो ।

कुटपिट मुद्धा,भ्रष्टाचार मुद्धा र लागु औषध मुद्धामा जिल्ला अदालत सिरहाद्धारा सजाय तोकीएपछि फरार रहेका प्रतिवादिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न। पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत सिरहामा वुझाई सजाय दाखिला गराइएको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले वताएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय