काठमाडौं- जुम्लामा एमालेको सिंगो कमिटीलेनै एकीकृत समाजवादी पार्टी रोजेका छन्। जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन्।

कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक अन्य सबैले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु उभिएका छन् । त्यस्तै एमालेका भातृ संगठन पनि एकीकृत समाजवादीमा लागेको जनाइएको छ।

अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादीमा लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

बिज्ञप्ती हेरौ :

jumla-uml_press-release.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय