बुधराज लिम्बु, इलाम। आर्थिक अबस्था कमजोर भएकी अभिभावककि एक महिलाको निधन भएपछी उनको काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ। माई-४ शुक्रबारेकी ५० बर्षिय पबित्रा न्यौपानेको गत आईतवार निधन भएपछी उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको तर्फबाट प्रमुख दिपक कुमार थेवेले आर्थिक सहयोग गर्नु भएको हो।
मेयर थेबेले न्यौपानेको घरमै पुगेर नगद ३० हजार विहिबार प्रदान गर्नु भएको छ । परिवारकै संरक्षक न्यौपानेको गत आईतवार दम रोगका कारण निधन भए पछी उनका छोराछोरीहरु काजक्रिया गर्न आर्थिक समस्यामा परेका थिए । मृतक न्यौपानेका श्रीमानको पनि ५ बर्ष अघि निधन भए पछी पबित्राले जेनतेन परिवारको हेरचाहा गर्दै आएकी थिईन।
न्यौपाने परिवारमा ३ जना अशक्त र बाल्य अबस्थाका छोराहरु र विवाह भएर गएका ४ छोरीहरुले अहिले काजक्रिया गरि रहेका छन्। गत बर्ष पनि न्यौपाने बिरामी हुँदा स्थानीय शुक्रबारेबासीले आर्थिक सहयोग गरि उपचार गरेका थिए ।