काठमाडौँ- एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन् ।एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुनेगरी पार्टी छोडेका हुन् ।

उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

नेता गौतमले संजाल खबर संग छोटकरीमा कुरा गर्दै ओली पक्षले उनलाई उपयुक्त जिम्मेवारी नदिएको र एकताको पक्षमा नभएको हुँदा एमाले त्याग्नु परेको अवस्था आएको कुरा संजाल खबरलाई बताएका हुन्।

बिज्ञप्ती हेरौ-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय