कञ्चनपुर-पूर्व वन अधिकृत तथा क्षेत्र नम्बर १ कञ्चनपुर जिल्लाको लालझाडी गाउपालिका २ का राम प्रसाद चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।
नेकपा माओवादी नेतृ तथा पूर्व खानेपानी मन्त्री बिना मगर, माओवादी केन्द्र कञ्चनपुर जिल्ला इन्चार्ज देविलाल चौधरी, माओवादी नेता मदन सेन बडायकको पहलमा राम प्रसाद चौधरीले माओवादी केन्द्र प्रवेश गरेको समाचार महेन्द्रनगर पोस्टमा समाचार छ।
प्रतिनिधी सभा सदस्य तथा पुर्वखानेपानी मन्त्री बिना मगरका स्वकीय सचिव दिपक तिम्लिसेनाले एक कार्यक्रमका विच माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले काठमाडौंमा स्वागत गरेको जानकारी दिए।