काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले बनेको नेताहरुको जिम्मेवारी खोसिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा बनेका नेताहरुको जिम्मेवारी खोसिएको हो ।
सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले रामबहादुर थापा बादलसहित सबै नेताको जिम्मेवारी खोसिएको हो । सोमबार अपानि जारी गरेर पार्टी २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै पूर्वमाओवादी नेताहरुको जिम्मेवारीविहिन भएका हुन् ।
माओवादी छाडेर एमाले प्रवेश गर्ने रामबहादुर थापा ‘बादल’, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीँ र प्रभु शाह लगायतको जिम्मेवारी खोसिएको छ । उनीहरुको ठाउँमा एमालेकै साविकका नेताहरुले जिम्मेवारी सम्हालेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई भागमा विभाजित हुँदा ओली समूहले पूर्वएमाले नेताहरुले सम्हाल्दै आएको ठाउँमा पूर्वमाओवादी नेतालाई जिम्मेवारी सुम्पेको थियो । जसमा बादललाई बाग्मती प्रदेशको ईन्चार्ज, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो ।
तर, सोमबार पार्टीलाई जेठ २ कै संरचनामा फर्काउने निर्णय भएसँगै पूर्वमाओवादी नेताको ठाउँमा एमालेकै नेताहरुले जिम्मेवारी पाएका छन् ।
एमालेले प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ।
यो सँगै एमालेमा रहेका पुर्व माओबवादीहरुले उचित स्थान दिए आफुहरु माओवादीमै फर्किन चाहेको कुरा प्रचण्डलाई बताएका छन । उनीहरु सुरक्षित अवतरणको साथ माओवादीमै फर्किने तयारि गरेको विशेष स्रोत मार्फत जानकारि प्राप्त भएको छ।
उनीहरुलाई फर्काउन माओवादीले पूर्वसभामुख कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । यो विचमा केही वार्ताहरु भएको श्रोतको दावि छ ।