सुरेश यादव,नवलपरासी /भदौ १३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्रका बाढि प्रभावीत परिवारलाई तत्कालै राहत स्वरुप नगद रकम उपलब्ध गराउन सुरु गरेको छ । नगरकार्यपालिकाको बैठकले नगरभित्रका बाढि प्रभावितहरुलाई तत्कालै राहत उपलब्ध गराउने निर्णय अनुसार प्रति प्रभावीत परिवारलाई तत्कालका लागि रु दुई हजार दरले रकम वितरण सुरु गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
नगर प्रमुख गुप्ताले समान खरिद गरेर दिन समय लाग्ने भएकाले तत्कालै राहत स्वरुप खाद्यन्न खरिदनका लागी नगद दिन सुरु गरिएको प्रमुख गुप्ताले जानकारी दिनुभयो । दैनिक आवश्यक सामाग्रिहरु दाल, चामल, तेल लगाएतका खाद्यान्न समाग्रि बापतको खर्च जोडेर रकम सहयोग गरिएको उहाँले बताउनुभयो ।