क्वालालम्पुर- मलेसियाका नवनियुक्त ९ औं प्रधानमन्त्री इस्माईल साब्री बिन याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।

स्थानीय टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा जनताको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री याकोबले आफ्नो प्रधानमन्त्री क्याबिनेटमा आफू प्रधानमन्त्री इस्माईल साब्री बिन याकोबसंगै ३२ जनाको मन्त्री मण्डल बिस्तार गरेको बताउनु भएको हो।

प्रधानमन्त्री याकोबले सम्बोधनको क्रममा मलेसियामा पछिल्लो समय भयावह अवस्थामा देखिएको कोरोना भाइरसको महामारी सहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नवनियुक्त मन्त्रीहरुले सघाउ पुर्याउनेमा विश्वास समेत व्यक्त गर्नुभयो।

“मेरा नयाँ सहकर्मीहरुले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सवै मन्त्रीहरुले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुनेछ।” उनले भने । कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ । उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गरेका छन।

मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजिनामा दिएपछि नयाँ सरकारको नेतृत्व याकोबले गरेका हुन । उनलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि बहुमत नपुगेको कारण उनले राजिनामा दिएका थिए।

राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरुलाई आह्वान गरेपछि विभिन्न दलहरुका समर्थनमा इस्माईल साब्री बिन याकोबले आफ्नो दलको तर्फबाट दाबी पेस गरे संगै उनलाई राजाले केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय