बिनोद निगम / नवलपरासी / १० भदौ :-पश्चिम नवलपरासीकाे दक्षिणी सीमावर्ती क्षेत्रबाट नेपाल प्रहरीले १० किलो चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत उत्तर प्रदेश महाराजगंज जिल्ला भगतपुरवा घर बताउने ३७ वर्षीय राजेश यादवलाइ पक्रेकाे जनाएकाे छ ।

पंचपेडा प्रहरी चौकीको डियुटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित पैदल हिंडिरहेका एक व्यक्तिकाे चेकजाँचको क्रममा साे अवैध लागुऔषध चरेस सहित बिहिवार बिहान ५ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरेसलाई पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय