उर्मिला यादव नवलपरासी,भदौ-६

पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामान जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीको अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका बर्दघाट नगरपालिका वडा नम्बर ४ टि.सि.एन चोकबाट बरामद गरेको हो ।

बरामद खसी, बोकाको अन्दाजी मुल्य २ लाख ८० हजार बराबर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी भारतबाट भन्सार छली ल्याउदै गरेको ऐर फिल्टर, फलामको फेन, कुलिन पार्टस, बेरिङ, गेर आयल, डिजेल फिल्टर लगायतका बिभिन्न मोटर पार्टका सामान सोही स्थानबाट प्रहरीले बरामद गरेको छ ।

उक्त बरामद भएको सामानको मुल्य ४३ हजार ८ सय ५० रुपैया रहेको छ । यस्तै गरि बरामद भएका २८ थान खसी,बोका र सम्पुर्ण मोटर पार्टका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय