काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताएका छन् । बिहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे ।

ओ‌ली सरकारले ल्याएको अध्यादेशको उद्देश्य लोकतन्त्र र परिवर्तनका उपलब्धी, संविधानलाई संकटमा पार्नका लागि ल्याएको उनको भनाइ थियो । ‘अध्यादेशको विषयमा अहिले डिबेट भएको छ । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक छ । एउटै जसरी बुझियो,’ उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र,संविधान र गणतन्त्रलाई सिध्याउनु थियो भने अर्कोको उद्देश्य प्राप्त उपलब्धीहरुको रक्षा गर्नु हो ।

‘ बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुले मिलेर पार्टी फुटाउने व्यवस्था अध्यादेशमा राखिएपछि विरोध भइरहेको छ । बिहीबार सर्वोच्च अदालतमा अध्यादेशविरुद्ध ५ वटा रिट निवेदन पेस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय