काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरि नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भइ रहेकाे जनाइएको छ।

केन्द्रीय सदस्यको संख्या अझै विस्तार हुने क्रम रहेको र थप केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल दर्ताका लागि नेपाल पक्ष निर्वाचन आयाेग जाने तयारीमा छ ।नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव नेपालसहित बैठक बसिरहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या पुर्याएमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरे लगत्तै नेपाल पक्षले यस्तो निर्णय गर्न लागेकाे हाे।

नयाँ दलको चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय