क्वालालम्पुर- मलेसियाका प्रधानमन्त्री तान श्रि मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाउदै राजिनामा दिएका हुन।

स्थानीय सञ्चारमाध्यम बर्नामा मा प्रकाशित समाचार अनुसार मलेसियालि संसदमा प्रधानमन्त्री यासिनले बहुमत पुर्याउन नसकेपछि , बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन।

विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राम मार्फत् यासिनले राजालाई राजीनामा दिएको घोषणा गरेका थिए। ‘मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ’ यासिन राजालाई भेटेर दरबारबाट बाहिरिएपछि उनले सो कुरा लेखेका थिए। प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनले राजीनामा दिएका छन।

अब मलेसियामा कुन दलले सरकार बनाउँछ भन्ने बारे केहिपनि खुलिसकेको छैन। गत वर्ष मार्च महिनामा उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए। २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका हुन।

तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई विभिन्न पार्टी पङ्क्तीबाट दबाब आइरहेको थियो। उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दीरहेको खबर यश अगाडि पनि विभिन्न संचार माध्यमहरुले लेख्दै आएका थिए।

पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिईएको थियो। तर यासिनले यस अघि संसदमा आफूसँग प्रयाप्त बहुमत भएको दाबी गर्दै आएका थिए। उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए। यद्यपि उनले सोचे जस्तो बहुमत प्राप्त नहुदा सत्ताबाट हात धुनुपरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय